बिबाद समाधान हुन नसके पछि प्रचण्ड र ओली पक्ष आ-आफ्नै रणनीति बनाउन व्यस्त

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं  साउन १२ । नेकपा भित्र असार दोस्रो साताबाट शुरु भएको बिबाद अझै समाधान हुन नसके पछि प्रचण्ड र ओली पक्षले आ आफ्नै रणनीति बनाउन व्यस्त भएका छन् ।
भोली बिहान ११ बजेका लागि बोलाईएको स्थायी समितिको बैठक बस्नु अघि दुबै पक्ष आ आफ्नै रणनीतिमा लागेका छन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्री र नेतासगँ अलग अलग परामर्श गरीरहेका छन् भने खुमलटारमा प्रचण्ड माधव नेपाल सहितका नेताहरुले अलग्गै छलफल गरीरहेको स्रोतले जनाएको छ ।
सहमतिका लागि अझै प्रयास जारी राख्ने र नभए अब पार्टी कमिटिको बहुमतका आधारमा निर्णय गर्ने गरी अघि बढ्ने तयारी प्रचण्डले शुरु गरेको उनी निकट स्रोतले जनाएको छ ।
यस्तै ओलीले बरु पार्टी फुटे फुटोस् तर प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा नदिने अडान यथावत राखेका छन् ।
असार १० मा शुरु भएको स्थायी समितिको बैठकमा अझै सहमति हुन नसकेको राजीनामा र पार्टी विधि पद्धतिको बिषयमा कुरा नमिल्दा पार्टी विभाजनको चिन्ता पनि बढ्न थालेको छ ।
ओली पक्षीय कार्यकर्ताहरु सडकमै नाराबाजीमा उत्रिदै आएका छन् ।

Facebook Comments Box