ललितपुर । आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुधबार बुबाको मुख हेर्ने दिन मनाइदैछ । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योती प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गूरुका रुपमा रहेका पीतालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन् ।
भाद्र कृष्ण औशी कुशे औशीका आफ्ना बाबुको सम्मान गरिने परम्परा छ । यो दिन बाबु हुनेहरुले आफ्ना बुबाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन् । बुवालाई पिता, बाबा, तात ड्याडी, पापा आदि शब्दले पनि चिनिन्छ । यो दिनलाई अर्को शब्दमा पीतृऔंसी, पीतृदिवस, गोर्कण औंसी, कुशे औंशी आदि पनि भनिन्छ । आमापछिको द्वितिय गुरुका रुपमा शास्त्रले बर्णन गरेको छ । महत्वपुर्ण धार्मीक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पीतालाई संरक्षण गर्ने, रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रुपमा शास्त्रमा उल्लेख छ ।
संस्कृतिविद् डा विणा पौडेल भन्छिन्, ‘दुख कष्ट झेलेर भए पनि आफ्ना सन्तानको लालन पालन र उचित मार्ग दर्शन गर्न बुवाले प्रेरणा दिने गरेका हुन्छन् ।’
औशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । यसरी बुवालाई भेट्दा आफ्नो क्षमता अनुसार मिठाई, लड्डु , तथा विभिन्न खाद्यपदार्थ ख्वाउने चलन छ । पीता जीवित हुनेहरूले पीतालाई मीठा¬मीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर पीतालाई खुसी बनाउछन् ।
विवाह भएका महिलाहरुले आफ्ना माइतमा गएर बुबाको मुख हेरी आर्शिवाद लिने गरेका छन् । तर यसपाली कोरोनाका कारण उनीहरुले बुवा भएर पनि टाढा टाढा रहेकाहरुले जस्तै गरी आफ्ना बुवालाई टेलिफोन तथा विभीन्न सामाजिक इमेल,स्काइप , फेसबुक लगायतका विभिन्न सन्जाल मार्फत संझने र कुराकानी गरेर आर्शिवाद लिने तयारी गरेका छन् । घरमा रहेकाले बाबुलाई भेटेरै आर्शिवाद लिदैछन् ।
आफ्ना बृद्ध बुबालाई नजिकै हुनेहरु पनि कोरोना संक्रमणको खतराका कारण जान नसक्ने अवस्था आउँदा दुखी छन् र्। अहिलेको औंशीमा बुबा भेट्न कोरोनाका कारण सकिएन , लेलेकी कान्छी खत्रीले भनिन्र्, अर्को वर्ष के हुने हो के, बुबा बुढो भइसकनुभयो ।
बुवा भनेका पछिल्ला पीढिलाई संसारको अवस्था बुझाउने र कर्म गर्न सिकाउने भएकाले यीनको महत्व धर्म संस्कृतिमा मात्र नभई आधुनिक समाजमा असाध्यै बढि छ , संस्कृतिविद् डा विणा पौडेल भन्छिन्, दुख कष्ट झेलेर भए पनि आफ्ना सन्तानको लालन पालन र उचित मार्ग दर्शन गर्न बुवाले प्रेरणा दिने गरेका हुन्छन् ।
गलत बाटोमा लाग्न नदिन सुझाव दिने , सहयोग गर्ने , खुसीमा साथ दिने , दुखमा पनि साथ दिएर त्यसबाट बाहिर निस्कन मद्दत गर्ने लगायतका काममा पछिल्लो समय पीताको भूमिका रहन्छ , उनले भनिन् , तर पछिल्लो समय आफ्ना पीतालाई तिरस्कार गर्ने , पीताको मूल्यलाई महत्व नदिने, घरबाट निस्कन बाध्य पार्ने लगायतका कृयाकलाप पनि भइरहेका छन् । यसैगरी औशीका दिन बाबु नहुनेले ब्राम्हणलाई सिदा दान पनि गर्दैछन् । हिन्दु धर्म परम्परामा जल दान र अन्न दानको विशेष महत्व रहेको हुन्छ ।
कुश भित्राउदै
देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश बुधबार घर–घरमा भित्र्याइदै छ । हरेक वर्षको भाद्र कृष्णऔँसीका दिन मनाइने कुशे औँसीका दिन ब्राह्मणद्वारा बिधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन ब्राम्हणद्धारा काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ । त्यही कुश वर्ष भरी गरिने देव तथा पीतृ कार्यमा प्रयोग गरिने प्रचलन छ ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् । कुश घरघर बाड्ने भनिएपनि कुशको अभाव भएकाले औशीँका दिन कुश बाड्न नै समस्या हुने जजमानी गर्नेहरुले बताएका छन् । राजधानी