कावासोती नगरपालिका १६ जनामा उपचाररत एक जना विरामीमा कोरोना भाइरस पुष्टि

खवर पाटी (खोज खबरको अभियान)

नवलपरासी ५ भदौ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ जनामा उपचाररत एक जना विरामीमा कोरोना भाइरस पुष्टि भएको छ ।
उच्च ज्वरो आएपछि अस्पतालमा भर्ना भएका कावासोती १६ निवासी ४० बर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी डण्डाका एउटा खाद्य पसलका सञ्चालक हुन् ।
३ दिन अघि भर्ना भएका उनका अहिले अवस्था सामान्य रहेको जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनालले बताए ।
अस्पतालमा उपचाररत विरामीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई थप उपचारका लागि रजहरको प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भएको छ ।

अस्पताल शिल गर्ने तयारी

अस्पतालका अध्यक्ष डा. गोपाल खनालले अहिले अस्पतालमा भर्ना सेवा बन्द गरिएको बताए । खनालका अनुसार अस्पताल शिल गर्ने कि अन्य तरिकाले चलाउने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ ।

अस्पतालका स्वास्थ्यकर्मी सबैका स्वाब लिइदै

अध्यक्ष डा. खनालले अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब लिने तयारी भईरहेको बताए ।
ज्वरो आएका संक्रमित पुरुष यस अघि पनि अस्पताल आउने सिटामोल लिएर जाने गरेको अस्पताल स्रोतले जनाएको छ । उनी पटक पटक अस्पताल भर्ना नभई औषधि मात्र लिएर गएको र पछिल्लो पटक उच्च ज्वोरो आएर भर्ना भएपछि मात्र उनको स्वाब परीक्षण गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले अस्पतालमा रहेका दुई जना विरामीको स्वाब परीक्षण गरि भरतपुरमा परीक्षणका लागि पठाइएकोमा १ जना महिलाको नेगेटिभ र पुरुषको पोजेटिभ आएको बताए ।

संक्रमित व्यापारी

डण्डाको पूर्वपश्चिम राजमार्गसँग जोडिएको व्यस्त पसलका सञ्चालक संक्रमित भएको खुलेको छ ।
उक्त पसलमा डण्डाका अत्यधिक ग्राहक आउने भएका कारण डण्डा बजारमा समेत संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

गैडाकोटमा थपिए १ जना

पूर्वी नवलपरासीको गैडाकोटमा शुक्रबार थप एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । गैडाकोटस नगरपालिका २ बस्ने ३२ बर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।
यो सहित गैडाकोटमा संक्रमितको संख्या ६७ पुगेको छ भने नवलपुरमा ३६३ पुगेको छ ।  – रामकुमार श्रेष्ठ/दाउन्ने साप्ताहिक

Facebook Comments Box