पश्चिम नवलपरासीमा हिजो मात्र ३१ जनामा क्रोना भाईरसको संक्रमण पुष्टि

खवर पाटी (खोज खबरको अभियान)

परासी, भदाै । पश्चिम नवलपरासीमा आज मात्र ३१ जनामा क्रोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले समुदाय स्तरमा गरेको क्रोना परिक्षणमा आज मात्र ३१ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।

स्वास्थ्य कार्यालय अनुसार जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र स्थानियमा गरि कुल २५ जनामा क्रोना संक्रमण पुष्टि भएको छ भने पृथ्वीचन्द अस्पतालका ३ जना डाक्टर र १ नर्स गरि ४ र बर्दघाट नगरपालिकाका २ जनामा क्रोना संक्रमण पुष्टि भएको जनाएको छ ।

समुदाय स्तरमा क्रोना परिक्षणमा पाल्हीनन्दन गाउँपालिका प्रमुख, स्वास्थ्य शाखा प्रमुख सहित केहि कर्मचारीहरुमा पनि क्रोना संक्रमण पुष्टि भएको छ । यता जिल्ला अस्पताल पृथ्वीचन्द्रका २ विशेषज्ञ र एकजना एम्बीबिएस र एक जना नर्समा क्रोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । क्रोना पुष्टि भएकाहरुलाई आईशोलेशन पठाउने तयारी भैरहेको र उहाँहरुको कन्टेक्ट ट्रेसिङ्ग पनि भैरहेको कार्यालयले जनाएको छ । जनप्रतिनिधि र कर्मचारीमा क्रोना पोजेटिभ देखिएपछि गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुको पनि पिसिआर गर्ने गाउँपालिकाले जनाएको छ ।

जिल्लामा क्रोनाको संक्रमण बढदै जाँदा जिल्ला प्रशासन कार्यालयले त्यसको रोकथामका लागि भदांै १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ । केहि दिन अगाडी जिल्लाकै बासी नेपाली काँग्रेस नवलपरासीका उपसभापति सुबासचन्द्र गिरीको कोरोनाकै कारण मृत्यु भएको छ । जिल्लामा क्रोना संक्रमण बढदै जाँदा स्थानियहरु त्रसित बनेका छन् ।  नन्दपोष्ट

Facebook Comments Box