“हल्लाको पछाडि नलाग्नुस्, आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस् ।” – प्रधानमन्त्री ओली

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उहाँले भन्नुभयो, “हल्लाको पछाडि नलाग्नुस्, आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस् ।”
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हल्लाको पछाडि नलागी आत्मविश्वाससाथ काममा ध्यान दिन मन्त्रिपरिषद् सदस्यहरूलाई प्रधानमन्त्रीबाट निर्देशन भएको जानकारी दिनुुभयो । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सदस्यको रूपमा राष्ट्रका लागि महìवपूर्ण भूमिका निर्वाह गरेकामा मन्त्रिपरिषद् सदस्य डा. युवराज खतिवडालाई धन्यवाद व्यक्त गर्नुभयो । बैठकमा मन्त्रीको हैसियतमा आफ्नो अन्तिम बैठक भएको जानकारी दिँदै डा. खतिवडाले मुलुकको सेवा गर्ने अवसरप्रति प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटरले बिदाइ भेट गर्नुभएको छ । बिदाइ भेटका क्रममा दुई पक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबार साँझ प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले बिदाइ भेट गर्नुभएको हो ।

Facebook Comments Box