गौतमलाई सिफारिस गर्ने निर्णय सँगै राष्ट्रियसभा मुस्लिम बिहिन बनाएको भन्दै आपत्ति

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ,  समानुपातिक, समावेशी तथा समान सहभागीताको कुरालाई लत्याउँदै राष्ट्रियसभालाई मुस्लिम बिहिन बनाएको भन्दै नेकपा युवा मुस्लिम नेताहरुले नै आपत्ति जनाएका छन् ।

राष्ट्रियसभामा सरकारको तर्फबाट मनोनीत गर्ने कोटाबाट नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रियसभा मुस्लिम बिहिन बनाइएको भन्दै राष्ट्रियसभालाई सामन्ती राष्ट्रियसभा भएको नेकपा मुस्लिम युवा नेता बिबि खरालले टिप्पणी गरेका हुन् ।

‘आफ्नो पार्टीले नै मुस्लिम समुदायलाई देशको तेस्रो दर्जाको नागरिक बनाएको’ आरोप लगाउँदै ‘यसअघि नै दलित समुदायलाई दोस्रो दर्जाको नागरिक बनाएको जिकिर गर्दै नेकपा कम्युनिष्ट बाट कमाउनिष्ट हुँदै फेमिनिष्ट बन्दै गएको नेतृत्व समयमै सुध्रियोस’ भन्दै चेतावनी समेत दिएका छन् ।

राज्यको प्रत्येक निकायमा संविधानले समानुपातिक समावेशीता सुनिश्चित गरेको भएपनि राष्ट्रियसभा मुस!बिहिन बनाइनु संवैधानिक व्यवस्थाको खिल्ली उडाउने काम भएको समेत युवा नेता खरालको ठहर छ ।

Facebook Comments Box