नारायणगढ-मुग्लिन सडकमा आज फेरी तिन ठाउँ मा पहिरो

खवर पाटी (खोज खबरको अभियान)

चितवन । अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडक खण्डमा तीनठाउंँमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।  जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले यस सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ को केराबारी, चौध किलो, र सत्र किलोमा पहिरो गएको जानकारी दिए ।

“अरु स्थानमा भन्दा केराबारी ठूलो पहिरो छ । पहिरो त्यस्तै एकसय मिटर लामो होला,” उनले भने ।  माथिबाट गेगर सहितको लेदो पहिरो खसेकाले सडक सञ्चालन हुन कम्तिमा ४ घण्टा लाग्ने उनले जानकारी दिए ।  केराबारी मुग्लिनबाट नारायणगढ तर्फ झण्डै १५ किलोमिटर दुरीमा पर्दछ ।  एकसाता अघिदेखि यो सडकखण्डमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

Facebook Comments Box