बुटवलको कोरोना बिशेस आस्पतालमा थप १ को मृत्यु

खवर पाटी (खोज खबरको अभियान)

बुटवल असोज ३ बुटवलको कोरोना विशेष अस्पतालमा उपचारक्रममा थप एक पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनी भदौ २२ गते अस्पतालमा भएका थिए । भने २२गतेदेखी आईसियुमा राखेर उपचार गर्दागर्दे आज मृत्यु भएको छ ।

उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ ।

Facebook Comments Box