प्रहरीले ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउपालिका–६ घर भई पोखरा लामाचौर बस्ने ३२ वर्षीय विकास विक रहेका छन्
विकले भदौ ३० गते ती बालिकलाई ललाईफकाई एकान्त ठाउँमा लगेर करणीको आशय राखी यौन दुर्व्यहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
पीडित बालिकाले दिएको जाहेरीको आधारमा विकलाई नियन्त्रणमा लिएर बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान अगाडि बढाइएको एसपी श्रेष्ठले बताए । विकविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box