काठमाण्डौं । नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापा र अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
पार्टी कार्यलयमै काँग्रेस नेताहरुको कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । थापा पूर्व स्वास्थ्य मन्त्री पनि हुन् अहिले प्रधानमन्त्रीका सल्लाहकार सहित विभिन्न राजनीतिक एवं विभिन्न पदमा कार्यरत व्यक्तिहरु समेत संक्रमणको चपेटामा आएका छन् ।
थापाले आफू संक्रमित भएको जानकारी पाएको भन्दै सामाजिक सञ्जालबाट आफ्नो सम्पर्कमा आएका हरुलाई सजगता अपनाउन पनि अपील गरेका छन् ।
आफू होम आईसोलेसनमा रहेको र स्वास्थ्यमा कुनै समस्या नरहेको पनि थापाले बताएका छन् ।
त्यस्तै नेता अर्जुन नरसिंह केसीले पनि आफू संक्रमित भएको जानकारी सामाजिक सञ्जालबाटै गराएका छन् ।
यस्तै काँग्रेसका अन्य ७० जना नेता कार्यकर्तामा पनि कोरोना देखिएको र अझै केहीको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ ।
नेताहरुमा धमाधम कोरोना देखिए पछि काँग्रेसको बैठक समेत अबरुद्ध भएको छ ।