अर्घाखाँचीको जोख्लेगैरा क्षेत्रमा पुगि रायमाझीले बाँस बस्न मिल्ने टेन्टको ब्यवस्थापन गरे

खवर पाटी (खोज खबरको अभियान)

अर्घाखाँची- पुर्व उपप्रधानमन्त्री तथा अर्घाखाँचीका प्रतिनिधि सभा सांसद टोप बहादुर रायमाझीले पहिरो क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको छ । गत ९ गते पहिरोमा परि भासिएको शितगंगा १२ को जोख्लेगैरा क्षेत्रको उँहाले स्थलगत अनुगमन गर्दै उक्त विपत प्रति ब्यत गर्दै घरवार बिहिनहरुको ब्यवस्थापनमा सरकार सँग छिटै पहल गर्ने बताउनु भएको छ ।

पहिरोले करिव ५० घर बिस्तापित भएकोमा दुख ब्यत गर्दै छिटोभन्दा छिटो स्थाइ बसोबासकमे लागि जुट्न आफु तयार रहेको रायमाझीले बताउनु भयो ।  उक्त स्थानमा पुगि रायमाझीले बाँस बस्न मिल्ने टेन्टको समेत ब्यवस्थापन गर्नु भएको छ ।

वडा नम्बर १२ मा ५१ वटा टेन्टको ब्यवस्था गर्नु भयो भने वडा नम्बर ११ मा ९ वटा टेन्ट ब्यवस्थपन गर्नु भएको हो । नगरप प्रमुख सुर्य प्रसाद अधिकारी ,उपप्रमुख टीका रेस्मि ,वडा अध्यक्ष बाबुराम गैरे,दुर्गा बिसि भिमकेसि लगायतले अनुगमन गर्नु भएको थियो । न्यूजसेन्टर नेपालबाट

Facebook Comments Box