पत्रकार बिष्णुप्रसाद चौलागाईंको कोरोना संक्रमणबाट निधन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसन बसेका थिए।

ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो। ब्रोनक्राइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

चौलागाईं लामो समयदेखि काभ्रेमा रहेर पत्रकारितामा क्रियाशील थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।

‘काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक विष्णु चौलागाईंप्रति हार्दिक श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना,                       – खबरपाटी परिवार

Facebook Comments Box