रमजान महिनाको अन्तिम १० रात लैलतुल कद्र के हो

खवर पाटी (खोज खबरको अभियान)

सुरह् कद्र
*******
__शुरू अल्लाहकाे नामले जाे बडाे दयालु तथा कृपालु छन्__
***********************************************

१. निस्सन्देह हामीले यस कुरआनलाई “कद्र” काे रातमा अवतरण ग-याैं ।
२. र, कद्रकाे रात के हाे, तिमीलाई के थाहा ?
३. कद्रकाे रात हजार महिनाभन्दा पनि उत्तम छ ।
४. यसमा फरिश्ताहरू एवम् आत्मा (जिब्रईल) आफ्ना पालनकर्ताकाे आदेशले विभिन्न कार्य सम्पादनकाे लागि ओर्लने गर्छन् ।
५. याे दिगाे शान्तिकाे रात हाे; प्रात:कालकाे आगमनसम्म रहन्छ ।
_____________
याे कुरआनकाे सुरह् “अल् कद्र”काे नेपाली अनुवाद हाे । यस सुरहमा उल्लेख भएकाे “कद्र” रमजान महिनाकाे अन्तिम दस दिनभित्रका कुनै बिजाेडी रात हाे भन्ने इस्लामी मान्यता छ । यही रातमा मुहम्मद (सल्ल.) माथि प्रथमपटक जिब्रईल फरिश्तामार्फत् अल्लाहले आफ्नाे बानी अवतरण गरेका थिए । र, मुहम्मद (सल्ल.) लाई अल्लाहले आफ्नाे रसूल (सन्देशबाहक) नियुक्त गरेका थिए ।

इस्लामी मान्यता अनुसारकाे याे रात आज पनि हुनसक्ने भएकाेले यति बेला मुसलमानहरू बढीभन्दा बढी कुरआन पाठ र उपासना गरिरहेका छन् ।

Facebook Comments Box