डा रबिन्द्र पाण्डेले नागरिकहरुलाइ तिन हप्ता घरमै बस्न अपिल गरे ।

खवर पाटी (खोज खबरको अभियान)

आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ | अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ | दुख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं | जीवनको तुलनामा दुख सानो हो | सकभर खाधान्न दैनिक किन्ने नगरौं |
पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी / स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं | भेटघाट बन्द गरौँ |
यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ | रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ |
यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं | सरकारले कडाइ गरेको हाम्रै लागि हो | हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं |

Facebook Comments Box