१ सय २७ जना नेपाल आइपुगे, अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चर्टर्ड विमानमा उनीहरु बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३ सय ८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । तीमध्ये १ सय २७ जना आज बिहान आइपुगेका हुन् । उनीहरुलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।

स्वदेश ल्याइएकाहरुलाई प्रकिया पुर्‍याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल ल्याइएकाहरुको स्वास्थ्य जाँच गरेर संक्रमण भएमा उपचारपछि घर पठाइने र संक्रमण नभए सिधैँ घर पठाइने छ । अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन् ।

विदेशी नियोगहरुमा कार्यररत नेपालीलाई सम्बन्धित देशले उद्धार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आग्रह गरिरहेको छ र अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाइसकेका छन् ।

Facebook Comments Box