भष्टाचार तथा अनियमितताबारे सार्वजनिक कार्यक्रम गर्दैछौ : बिजय श्रेष्ठ

खवर पाटी (खोज खबरको अभियान)

भष्टाचार तथा अनियमितताबारे सार्वजनिक कार्यक्रम गर्दैछौ : बिजय श्रेष्ठ
युवानेता – नेपाली कांग्रेस
नेपाली कांग्रेसका युवानेता एवं मातातिर्थका उपसभापति बिजय श्रेष्ठ सग गरेको छोटो कुराकानी ः
        तपाई युवानेता भएको नाताले यस क्षेत्रको विकासका लागि के भन्नु हुन्छ ?
यो क्षेत्रलाई रोजगार, उत्पादनमूलक, विकास निमार्णमा जनसहभागितालाई निरन्तरता दिने मेरो सोच बिचार हो । मातातिर्थको समग्र विकासका लागि निरन्तर आवाज उठाउने सुशासनको अनुभूति दिलाउने र यस क्षेत्रमा भएका बिकृति बिसंगती एवं भष्टाचारलाई निमूल पार्ने अभियान तिर लाग्नेछु ।
        तपाई राजनीतिमा प्रवेश गर्नु भएको कति समय भयो ?
म विगत २५ बर्ष देखि राजनीतिक क्षेत्रमा लागेको छु । नेपाली कांग्रेसको समतामूलक समाज, समाजवाद, लोकतन्त्र र राष्टियता मुल नारा भएकोले यसको सिद्धान्तलाई मेरो क्षेत्रमा लागू गराउने प्रयत्न गर्नेछु । अहिले राजनीतिमा विकृति आएकोले यसलाई गाँउ टोलबाटै स्वच्छ, इमान्दारी र जनताको पक्षमा काम गर्ने वातावरण तयार पार्ने अभियानतिर लाग्ने मेरो बिचार छ ।
      तपाई यस क्षेत्रको प्रतिपक्ष भएको नाताले के कस्ता काम भईरहेका छन ? के कति निगरानी गर्नु भएको छ ?
यस क्षेत्रमा भईरहेका बिभिन्न खाले भष्टाचार अनियमितता, मनपरीतन्त्रलाई न्यूनिकरण गर्न सार्वजनिक कार्यहरु सञ्चालन गरिरहेको छु । के कस्ता कामहरु भईरहेका छन भन्ने बिषममा समाजको अगाडी ल्याउने कोशिश गरिरहेको छु । विकास निमार्णमा पारर्दशिता सुशासनको अनुभव जनताले पाउन भन्ने मेरो उद्देश्य हो । यस क्षेत्रका जनप्रतिनीधिहरुले विषेशत वडा अध्यक्षले गरेको भष्टाचारबारे २५ वटा भन्दा बढी अख्तियारमा उजुरी परेको छ । ५। ६ वटा पत्र समेत अख्तियार आयोगले नगरपालिकामा पठाई सकेको छ । त्यो पत्र मेयर साहबले दिनु भएको छैन । यसको बारेमा अब सार्वजनिक बहश नै गर्नु पर्ने अवस्था आएको छ ।

हामीले नगर प्रमुखलाई भेटेर बारम्बार भनिरहेका छौ कि जनताले दुःख पाएका छन । जनताको गुनासोलाई लिएर हामीले ब्यापक सार्वजनिक कार्यक्रम र अभियान समेत चलाउने कार्यक्रम तय गरिरहेका छौ । अनियमितता र मनपरीतन्त्र एवं भष्टाचार गर्नेलाई कारवाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।

Facebook Comments Box