कराते टोलीको विदाई

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराँते टोलीलाई सोमबार बिदाइ गरिएको छ ।

टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराँते प्रतियोगितामा सहभागिता जनाउने छ । सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

टिम व्यवस्थापकमा सागा टुर्स एन्ड ट्राभल्स प्रालि का निर्देशक स्वच्छम गुरुङ तथा अफिसियलमा सम्झना कुँवर छन् । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् । जनवरी २१ देखि २३ तारिखसम्म हुने प्रतियोगिताका लागि टोली मंगलबार पेरिस प्रस्थान गर्दै छ ।

Facebook Comments Box