नेपाल कोभिड: थपिए २,४०१ सङ्क्रमित, भारत पठाइएका ८२ प्रतिशत नमुनामा ओमिक्रोन बीए.टु

खवर पाटी (खोज खबरको अभियान)

नेपालमा पछिल्लो २४ घण्टामा २,४०१ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ११,६०३ पीसीआर र ४,७५३ वटा एन्टीजन परीक्षण गरिएको थियो।

जम्मा १६,३५६ परीक्षणमा २,४०१ सङ्क्रमण पुष्टि भएको हो। पीसीआर परीक्षणमध्ये करिब १६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप १४ जनाको कोभिड-१९ ले गर्दा निधन भएको छ। योसँगै निधन हुनेको कुल सङ्ख्या ११,८५२ पुगेको छ।

 

Facebook Comments Box