ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक जना कूटनीतिज्ञले आत्महत्या गरेको एउटा मृत्युको घटनामा हुने अदालती सुनुवाइबाट पत्ता लागेको छ।
रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित उनको घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो।
नेपालका लागि पूर्व ब्रिटिस राजदूत रहेका मोरिस ५२ वर्षका थिए। उनी उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिएका थिए।
विन्चेस्टरस्थित मृत्युको घटनामा हुने अदालती सुनुवाइमा मृत्युअघि उनी ‘गम्भीर तनाव’मा रहेको जानकारी दिइएको थियो।
Source BBC Nepali
Facebook Comments Box