युवा बिभागव्दारा एमसिसि बिरुध्द बानेश्वरमा प्रदर्शन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । ‘हाम्रो नेपाल हामी नेपाली’ नामक संस्थाको केन्द्रिय युवा बिभागद्वारा आज बिहीवार नयाँ बानेश्वरमा राष्ट्रघाती एमसिसि विरुद्ध बृहत बिरोध कार्यक्रम गरेको छ । मैतिघर मण्डला देखि तिनकुनेसम्म एमसिसि बिरुध्द नाराबानी अझै पनि चलिरहेको छ । ‘हाम्रो नेपाल हामी नेपाली’ संस्थाका केन्द्रिय युवा संगठनका प्रमुख राजकुमार महर्जनले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ । उहाँले विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवं सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।

उहाँले ‘आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपु-याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको उपभोगमा अवरोध नपु¥याउन ‘हाम्रो नेपाल हामी नेपाली’ विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भातृ सङ्गठन तथा सर्वसाधारणलाई आग्रह गर्दछु ।’ भन्नु भयो ।

Facebook Comments Box