चुनावमा तालमेल हुँदैन : कोइराला

खवर पाटी (खोज खबरको अभियान)

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको बताउँदै आगामी तीन तहको निर्वाचनमा एक्लाएक्लै चुनावमा जाने बताउनुभएको छ । विराटनगरमा हिजो शनिबार आयोजित वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै कोइरालले यस्तो बताउनुभएको हो । ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्रै हो’, कोइरालाले भन्नुभयो– ‘जिल्ला जिल्लामा नेताहरू एक्लै लड्नुपर्छ भन्छन् । कांग्रेसको सिद्धान्त कम्युनिस्टहरूलाई भोट हाल्ने होइन । कांग्रेस प्रदेश, संघ वा स्थानीय चुनावमा एक्लै लड्छ ।’

उहाँले ३० वैशाखमा स्थानीय तहको निर्वाचन भएरै छाड्ने बताउनुभयो । ‘७५३ वटै पालिकामध्ये अधिकांशमा हामी जित्यौं भने प्रदेश र संघमा पनि जित्छौं’, कोइरालाले भन्नुभयो– ‘मोरङका सबै पालिका जित्ने अवस्थामा हामी छौं ।’

Facebook Comments Box