मुलुकको वर्तमान राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?
मुलुकको राजनीतिक अवस्था अन्यौलग्रस्त छ । ठुला पार्टीका नेतृत्व पंक्तिहरुले नै गर्दा मुलुकले अहिलेको अवस्था भोग्नु परेको हो । यो मुलुकले दलीय व्यवस्थामा सही नेतृत्व पाएको छैन । ठुला पार्टी भनाउँदाहरु राष्ट्रवादी चिन्तन नभएको, यिनीहरु विदेशीहरुबाटै परिचालित भएका विभिन्न घटनाक्रमले पुष्टी गर्दछ । हाम्रो पार्टी राप्रपा नेपाल यो राष्ट्र एकिकरण गर्ने पृथ्वीनारायण शाहको फोटो राखेर पार्टीको कार्यक्रमहरुमा माल्यार्पन गर्ने र पृथ्वी जयन्ती मनाउने गर्छौं भने नेपाली काँग्रेसले नेपालमा गान्धीको फोटो राखेर गान्धी जयन्ती मनाउने गर्छ । यसैगरी कम्युनिष्टहरु आफ्नो घर–घरमा माओ र लेलिनको फोटो राखेर पुज्ने गर्छन् । यहीबाट स्पष्ट हुन्छ की राष्ट्रवादीको हो भनेर । त्यसैले काँग्रेस, कम्युनिष्टलगायत अन्य पार्टीहरु यो देशको हितमा छैनन् भन्ने कुरा यसैले प्रष्टाई हुन्छ ।
२०४६ सालको परिवर्तन पछि हामीले धेरै सरकार, धेरै प्रधानमन्त्री देख्यौं । अब राष्ट्रवादी नेता कमल थापालाई एकपटक प्रधानमन्त्री बनाएर हेर्नुहोस् । उहाँको स्पष्ट भिजनले देश बन्छ भन्ने हामीले अटल विश्वास लिएका छौं । यदि कमल थापाले सरकारको नेतृत्व गर्ने अवसर पाउने हो भने भ्रष्टाचार अनियमितता हट्छ । विदेशी हस्तक्षेप रोक्न पहल गर्नु हुनेछ भन्ने हामीलाई लागेको छ । एमालेको नौ महिने सरकारमा केपी ओलीलाई राष्ट्रवादी नेता बनाउने प्रमुख भूमिका त्यो बेलाको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा हुन भनेर भन्दा एमाले पार्टीले पनि स्वीकारेको अवस्था छ ।
वर्तमान सरकारको क्रियाकलापलाई यहाँले कसरी लिनुभएको छ ?
वर्तमान पाँच दलीय गठबन्धनको सर्वाेच्च अदालतको परमादेशबाट आएको सरकार परमादेश दिने प्रधान न्यायाधीश माथि नै महाअभियोग लगाइरहेको अवस्थालाई हेर्दा सरकारी पक्ष आफै नाङ्गिरहेको देखिन्छ । वर्तमान सरकारले कहि कतै राम्रो काम गरेको देखिन्न, भाइ भतिजा आफन्त लाई पोस्ने बाहेक काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर सरकारले अरु जनहितका काम गरेको देखिँदैन ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरसन (एमसिसी) लाई कसरी हेर्नु हुन्छ ?
एमसिसी आफैमा नराम्रो कुरा होइन । एमसिसी नेपालमा लागु गर्नलाई विवादित कुराहरुलाई पहिला परिमार्जन गरेर एमसिसी लागु गरिएन भने भोली विभिन्न दातृ निकायहरुले नेपालबाट सहयोग बन्द गर्ने अवस्था आउन सक्छ । र, यो अवस्था आएमा नेपालमा भित्रिने डलर बन्द हुने वित्तिकै हाम्रो अर्थतन्त्र डामाडोल हुनेछ । सानो उदाहरणको रुपमा डलरको एलसि खोलेर विदेशबाट कुनै विकास निर्माणका हेवि इक्युप्मेन्टहरु ल्याउन सकिने छैन । र कुनै पनि विकास निर्माण ठप्प हुनेछ ।
कमल थापाले राप्रपाबाट अलग हुनुलाई कसरी लिनु भएको छ ?
राजा ज्ञानेन्द्रको शाही कदमको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सपोर्ट नगरेपछि कमल थापाले राप्रपा नेपाल पार्टी दर्ता गरेर राजसंस्थाको वकालत गर्दै आएको हो । तर त्यहि व्यक्ति कमल थापालाई त्यहि राजसंस्थाबाट २०७३ को महाधिवेशनबाट निर्वाचित कमल थापाको पार्टी राप्रपालाई फुटाउने काम र गत मंसिर १५, १६ र १७ भएको महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहका सचिवहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई मेन टु मेट भेट्ने र फोन गरेर राजाको सदिक्षा युवा नेता राजेन्द्र लिङ्देनलाई छहै भनेर नाङ्गो हस्तक्षेप भएको कारण र राप्रपाभित्र राजावादी नै भएको पार्टीमा राजाको नीजि पार्टी जस्तै आक्रमण भएको कारण राप्रपा पार्टीबाट बाहिर निस्कनु प¥यो । यस अघि पार्टीमा निर्मल निवासको हस्तक्षेपबारे छलफल समेत गर्न नदिने अवस्था आयो, अध्यक्ष लिङ्देन छलफल गर्न तयार हुनु भएन । हामीले भन्न खाजेको राजसंस्था र निर्मल निवासले भन्न खोजेको राजसंस्था मा फरक भएकोले हामी राजसंस्थालाई छोडेर राप्रपा नेपाललाई अंगालेर अघि बढिरहेका छौं ।
देशव्यापी फैलिरहेको महँगीबारे तपाई के भन्नुहुन्छ ?
पेट्रोलियम पदार्थमा हप्ता हप्तामा मुल्य वृद्धि हुन्छ । पेट्रोलियम पदार्थमा मुल्य वृद्धि भएपछि स्वत ः खाद्य पदार्थ ढुवानीमा वृद्धि हुने भएकाले बजार भाउ अकाशिदै आएको छ । बजार भाउ वृद्धिलाई नियन्त्रण गर्न पहिला पेट्रोलियम पदार्थमा मुल्य वृद्धि वन्द गर्नुपर्छ ।
राप्रपा नेपालले स्थानीय निर्वाचनको कस्तो तयारी गरिरहेको छ ?
राप्रपा नेपालले गत स्थानीय निर्वाचनमा राप्रपालाई प्राप्त स्थानीय मतलाई मध्ये नजर गरेर कुनै पनि पार्टीहरुसँग तालमेल हुन सकछ । हाम्रो पार्टीले व्यापक रुपमा चुनावमा भाग लिने र अहिले सम्मको पार्टीको केन्द्रीय नीति अनुसार एमालेसँग चुनावी तालमेल हुने संभावना देखिन्छ । हामी स्थानीय निर्वाचनको तयारीमा लागि रहेका छौं ।
अन्त्यमा देशवासीलाई तपाइको सन्देश दिनुस् न ?
२०४५–४६ पछि २०६२÷६३ सम्मको राज्य संचालन र ६२÷६३ पछि आजसम्मको राज्य संचालनमा सरकारको नेतृत्व गर्ने व्यक्ति अथवा प्रधानमन्त्रीहरुले यो देशको परिवेश, भुगोल, राष्ट्रियता र नेपाली संस्कार विहिन नेतृत्व गरेकाले नेपाली जनताले चाहे अनुसार नेपाल राष्ट्र अगाडी बढ्न नसकेको कारण एक पटकलाई यो स्थानीय निर्वाचनदेखि संघीय निर्वाचन सम्म राप्रपालाई साथ, सहयोग दिएर जिताउन म समस्त देशवासीलाई हार्दिक आव्हान गर्दछु ।