कांग्रेससँग अन्य दलको तुलना हुनै सक्दैन्ः नेता सिंह

खवर पाटी (खोज खबरको अभियान)

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले परिबर्तनका लागि काम गरेको पार्टी नेपाली कांग्रेससँग अन्य दलहरुको तुलना हुनै नसक्ने बताएका छन् ।  सिंहले कांग्रेस जन–जनको मनमा बसेको पुरानो र भरपर्दाे पार्टी रहेको बताए । बर्तमान सत्ता गठबन्ध कांग्रेसको चाहाना नभै मुलुकको बाध्यातामक अवस्थाको कारण बनेको भन्दै संविधान र लोकतन्त्र माथि प्राहार भएपछि परिस्थितिलाई समालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता कांग्रेसलाई आई परेकाले बनेको कुरा बिर्सन नहुने उनको भनाई छ ।

स्थानीय निर्वाचनका सबन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुत्त निर्णय लिने समेत नेता सिंहले बताए । पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानू पर्ने समेत उनले धारणा राखे । कांग्रेसका सबै कमिटीहरुलाई उम्मेदवार सिफारीस गर्दा विधानको परिधि भित्र रहेर गर्न समेत उनले आग्रह गरे । टिकटका लागि सबैले प्रयास गर्न पाउने तर जस्ले पाउछ त्यो पार्टीको उमेदवार हुने भएकाले सबै एकढिक्को भएर जिताउन लाग्नु पर्ने समेत बताए ।

वर्तमान सरकारको मुख्य दायित्व भनेकै संविधानलाई ट्याकमा ल्याउन र संविधान र कानुन बमोजिम समय सिमा भित्र निर्वाचन गराउने मुख्य अभिभारा रहेकाले सरकार तोकिएकै समयमा निर्माण गराउन लागिरहेको अब मुलुकको ध्यान निर्वाचन केन्द्रित भैसके समेत बताए ।
नेपाली नागरिकले बिगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे त्यसको मुल्याकन गर्ने बेला आएको बताए ।

Facebook Comments Box