कैलालीको मुक्त कमैया शिविरमा आगलागी

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

धनगढी । कैलालीको कैलारी गाउँपालिका-७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको छ। गहुँको नलमा लगाइएको आगो गएर मुक्त कमैया बस्तीमा सल्केको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिनुभयो।

उहाँका अनुसार आगलागीबाट ७३ मध्ये धेरै घर जलेर नष्ट भएका छन्। खर र टिनको छानो भएको बस्तीमा आगलागी हुँदा ठूलो क्षति भएको हाे।

आगलागीबाट अन्नबालीका साथै बङ्गुर, पशु चौपायासहित धनसम्पत्ती जलेर नष्ट भएको अध्यक्ष चौधरीको भनाइ छ। उहाँका अनुसार धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएकाे छ ।

दिउँसोदेखि लागेको आगो अपराह्न नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो। आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। ५० देखि ६० घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको उहाँकाे भनाइ छ ।

‘धुवाँ आइरहेका कारण जलेका घरको विवरण सङ्कलन गर्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘५० देखि ६० घर जलेर नष्ट भएको हामीलाई जानकारी गराइएको छ।’ आगलागीको कारण अझैसम्म पुष्टि नभएको उहाँको भनाइ छ।

गोरखापत्र मा प्रकाशित

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *