सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिताको तयारी पुरा

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोगमा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार,शाखा डोजो नक्सालको २३ औं बार्षिकोत्सवको अवशरमा आठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता यही जेठ १३ गते शुक्रबार देखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने उक्त प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एक बिशेष कार्यक्रम बिच शुक्रवार अपरान्ह उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा -२५,-३०,३३,३५,४०,४५ र पुरुष कै सिनियर तर्फ -५०,-५५,-६०,६७ -७५,-८४,+८४ किलोका साथै एकल काता र महिला तर्फ जुनियर तथा क्याडेट -२५,-३०,-३३,-३५,-४०,-४५ किलो र महिला कै सिनियर तर्फ -५०,-५५,-६१,६७,+६८ किलो तौल समुह गरी कुल २६ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपॉगी ‘ईश्वर’ ले जानकारी गराए । दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न सफल भईसकेको यस शाखाले प्रत्येक बर्ष आफ्नो बार्षिक कार्यक्रम र खेल गतिविधि सन्चालन गर्ने मुलुककै अग्रपंक्तीको डोजोको रुपमा परचित रहेका छ । बिगत लामो समय देखि बिश्व महामारी कोरोना भाईरसका कारण खुलेर प्रतियोगितामा आयोजना एवम सहभागी हुन नसकेका समग्र करातेकर्मीहरुलाई यस प्रतियोगिताले पुनर्ताजगी बनाउने आशा एवम अपेक्षा राखेको कार्यक्रम संयोजक खपाङगीले बताउनुभयो । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालले यस अघि आफ्नो २२ बर्षे यात्रा पुरा गर्दै २२ वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेकाछन ।नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालद्धारा आयोजित यो समग्रमा २३ औं कार्यक्रम हो । यस प्रतियोगिताले क्षमता,योग्यता,अनुभव र दक्ष भएरपनि आर्थिक अभावका कारण अन्तराष्ट्रिय स्तरको अनुभव संगाल्न नपाएका खेलाडीहरुका निम्ति राम्रो माध्यम र गतिलो प्लेटफर्म सावित नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् कार्यक्रम संयोजक गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले बताउनुभयो । तीन दिनसम्म निरन्तर चल्ने प्रतियोगिताका खेलहरु काठमाण्डौ त्रिपुरेश्वर स्थित,दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *