गणपुरक संख्या नपुगेपछि संसद्मा बैठक आधा घण्टा रोकियो

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको कारवाही आधा घण्टा रोकिन पुग्यो ।

सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नै लाग्दा एमाले सांसद झापट बहादुर रावलले संसद बैठकमा गणपूरक संख्या ९कोरम० नपुगेकाले सो विधेयकमाथिको कारवाही अघि बढाउनु प्रतिनिधिसभा नियमावली विपरित भएकोले निर्णयार्थ पेश गर्नुभन्दा पहिले सांसदहरुको गणना गर्न माग गरे ।

सांसद रावलले सो प्रश्न उठाएपछि सभामुख सापकोटाले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव पेश गर्न प्रतिनिधिसभाको १ चौथाई सांसद उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउँदै सो रहे नरहेको हेर्न संसद सचिवालयलाई ३ मिनेट घण्टी बजाई गणना गर्न निर्देशन दिए । गणना गर्दा ६३ सांसद मात्र भेटिए । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६३ भएकोले बैठक आधा घण्टाका लागि सभामुख सापकोटाले स्थगित गरे । हाल प्रतिनिधिसभामा २ सय ७१ सांसद रहेका छन् । आइतबारको बैठकमा २ सय ८ जना सांसद अनुपस्थित भएका हुन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *