नुवाकोट कांग्रेसमा नगरसभापतिलाई स्पष्टीकरण पेश गर्न आदेश

समाचार
खवर पाटी (खोज खबरको अभियान)

नुवाकोट । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पार्टीको नीति विपरित अभिव्यक्ति दिएको भन्दै बेलकोट गढी नगर कार्यसमितिका सभापति लेखनाथ मुडभरीलाई स्पष्टिकरण सोधेको छ । मुडभरीले सामाजिक सञ्जाल फेसबुक मार्फत् ‘जिल्लादेखि केन्द्रीय स्तरका नेताहरुले करोडौं रकम लिई स्थानीय निर्वाचनको टिकट वितरण गरेको’ भन्ने भनाई पोष्ट गरेका थिए ।

उक्त पोष्ट विरुद्ध जिल्ला अनुशासन समितिमा उजुरी परेको भन्दै मुडभरीको अभिव्यक्ति चरित्र हत्या हुने किसिमको देखिएकोले नेपाली कांग्रेसको विधान २०१७ ( संसोधन सहित) को परिच्छेद ९ धारा ३४ उपधारा १ को (क) बमोजिम नेपाली कांग्रेस पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित हुने गरी अनुशासन उल्लघन भएकोले आरोप बारे सप्रमाण खण्डन गरी चार दिन भित्र अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न जिल्ला अनुशासन समितिका संयोजक श्रीराम श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *