नेप्से परिसूचक २१.३० अंकले वृद्धि

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- पछिल्लो समय निरन्तर रूपमा घट्दै आएको नेप्से परिसूचक मंगलबार वृद्धि भएको छ । मंगलबार नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । सोमबार २६ लाख १३ हजार ४५० कित्ता सेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले बढेको छ । बाँकी उपसमूहको १ प्रतिशत भन्दा बढीले बढेको छ ।

मंगलबार नेप्से बढेसँगै बोटलर्स नेपालको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, मैलुङ खोला जलविद्युतको ७.७६ प्रतिशतले बढेको छ । यता सामुदायीक लघुवित्तको सेयरमूल्य २.१० प्रतिशतले घटेको छ भने युनाइटेड इदी मर्दी हाइड्रोपावरको १.६२ प्रतिशतले घटेको छ ।

आज नबिल बैंकको सबैभन्दा धेरै ५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *