आज विजया दशमी, टीकाको उत्तम साइत बिहान ११ः५१ बजे

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – देशभर बुधबार महान चाड बडादसैँ मनाइँदैछ । ९ दिनसम्म दुर्गा भवानीका विभिन्न रुपको पूजा आराधना गरी दशौँ दिन बुधबार असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा टीका जमरासहित धारण गरेर दसैँ मनाउन लागिएको हो ।

यस दिन मान्यजनको हातबाट टीका तथा जमरा धारण गरी आशिर्वाद लिने चलन छ । विजयादशमीको साइत बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको जनाइएको छ । तर नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः५१ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णाक समितिले जनाएको हो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *