काठमाडौं क्षेत्र न. ३ मा सन्तोष चालिसे प्रदेश क मा छिरिङ दोर्जे लामा अगाडी

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौं क्षेत्र न. ३ को प्रतिनिधि सभा उम्मेदवार नेपाली कांग्रेसका नेता सन्तोष चालिसे र प्रदेश सभा  `क´ का उम्मेदवार छिरिङ दोर्जे लामाको जीत निश्चित प्राय देखिएको छ। बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघमा चालिसे र प्रदेश क मा लामालाई  समर्थन मिले संगै जीत निश्चित देखिएको हो।
काठमाडौं महानगर पालिका ६ न. वडा सरस्वतीनगर  बुथ समितिले आयोजना गरेको भेलाई सम्बोधन गर्दै उम्मेदवार  चालिसे र लामाले आफुहरुको जीत निश्चित रहेको बताएका हुन।

भेलालाई  सम्बोधन गर्दै नेता चालिसे अब मतदानका लागि थोरै दिन बाकी नरहेकाले सबै क्रियाशिल साथिहरु एवं शुभेच्छुकहरुले रुख चिन्हमा मतदान गरेर कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो। भेलालाई  सम्बोधन गर्दै प्रदेश सभा उम्मेदवार छिरिङ दोर्जे लामाले बिगतको ५ वर्ष संघीयता कार्यान्वयन, नीतिनिर्माणमा समय खर्च  भए पनि बिकास र पुर्वाधारमा आफुले बजेट बिनियोजन गर्न लगाएर धेरै कामहरु सम्पन्न भएको बताए। नेपाली कांग्रेसका आफ्नै मित्र दिपेन्द्र लामा कांग्रेसमा बिद्रोह गरि प्रदेश क बाट आफ्नो बिरुद्धमा बागी उमेदवार बनेकै कारण छिरिङ ले चुनाव हार्छन भन्ने दुस प्रचारको पछि नलाग्न आग्रह गरेका छन।
आफू प्रदेश सदस्य हुँदा स्थानीय निकाय ६ न. वडा संग समन्वय गरेर धेरै बिकासका कामहरु भएको स्मरण गराउदै लामाले ५ वर्ष वडा अध्यक्ष  भएकै कारण दीपेन्द्र जीले सबै कामहरु आफुले गरेको भन्दै हिडनु हास्यास्पद भएको बताए। प्रदेश कानुन, निति कार्यबिधी निर्माणमा ब्यस्त  भएकाले आफू जनताको माझमा पुग्न नसकेको प्रती क्षमा माग्दै लामाले अबका दिनमा जनताका समस्याहरु टोलटोलमा पुगेर सहयोग र सहजिकरण गर्न लागि पर्ने बताए।

मंसिर ४ लाई केन्द्र बिन्दुमा राखेर आफ्ना घर परिवार, छरछिमेक सबैमा कांग्रेसको रुख चिन्हमा मतदान गरि कांग्रेसका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह गरे।  सरस्वतीनगर बुथ समितिको तर्फबाट क्रियाशिल सदस्य राधाकृष्ण पुडासैनीले प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसे र प्रदेश सभा  क मा प्रदेश सभा सदस्य उम्मेदवार  छिरिङ दोर्जे लामालाई  जिताउन प्रतिवद्द रहेको बताए। कार्यक्रम को सहजीकरण पुन्यलोछ आचार्यले गरेका थिए। कार्यक्रममा सरस्वतीनगर बुथ समितिका क्रियाशिल,  माओवादी केन्द्र सरस्वतीनगरका नेताकार्यकर्ता एवं शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *