करातेका संस्थापक दावा चुनावी प्रतिस्पर्धामा,समानुपातिकमा पहिलो पंक्तीमा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । उमेरले ५ दशक व्यतित गरिसकेका तर जोश,जाँगर र हिम्मत १८ बर्षे युवा भन्दा कम नभएका जोशिला,भद्र,बुद्धिजिवी, साजसेवी,मिलनशारका साथै दयालु स्वभावका धनी करातेका हस्ती एवम सितोरियो करातेका संस्थापक सदस्य बरिष्ठ खेलकर्मी दावा गुरुङ्ग आगामी मंशिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ उममेदवारको रुपमा निर्वाचनमा होमिएका छन । लामो समय देखि खेलकुद क्षेत्र संगै समाजसेवामा समर्पित रहदै प्रत्यक्ष रुपमा युवा,खेलाडी लगायत जनताको घर दैलोमा सेवा गर्दै आईरहेका छन ।

नेपाली करातेको स्थापना काल देखिनै खेलकुद प्रति निरन्तर रुपमा लागिरहेका गुरुङ्ग नेपालको नं-१ मानिने कराते खेल अर्थात नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघ अध्यक्ष हुन । करिव साँढे ४ दशक नेपाली खेलकुदमा निरन्तर बिताएका गुरुङ्ग राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका संस्थापक अध्यक्ष समेत हुन । खेलकुद क्षेत्रको दरिलो खम्वाका साथै खेलाडीका निम्ति आफ्नो दर्विलो प्रस्तुती दिनसक्ने भरपर्दो नेतृत्वको रुपमा परिचित छन ।खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको दुई पटक सम्म सदस्यको रुपमा आफ्नो सफल कार्यकाल सम्पन्न गरिसकेका गुरुङ्गले सन १९९९ मा नेपालमा सम्पन्न भएको आठौ दक्षिण एशियाली खेलकुद (8th SAF GAMES ) मा सफल सेफ दि मिशनको भुमिका निर्वाह गरिसेका छन । हाक्की, निडर तथा कसै सामु नझुक्ने स्वभावका धनी गुरुङ्गले खेलकुद क्षेत्रमा धेरै प्रशिक्षकहरु नियुक्त गर्ने पहिलो नम्वरमा परिचित छन । उनकै बिशेष पहलमा करातेका प्रशिक्षकहरु तत्कालिन सदस्य सचिव केशव स्थापित को कार्यकालमा २०५ क्षेत्रमा नै नियुक्ती भएका थिए । आफ्नो खेल जीवनमा दोश्रो कहिल्यै नभएका र पछि फर्कन नपरेका गुरुङ्ग , दुख भनु या बिडम्वना उनि राजनितिमा भने कहिल्यै प्रथम हुन सकेनन । खेलकुद क्षेत्रमा कुनै राजनिति आस्थाका आधारमा काम नगर्ने राम्रो बानीका कारण आजका दिनसम्म पनि सबै भिन्न राजनिति आस्था बोकेका खेलकर्मीहरु पनि उनको प्यारो र निकट छन । खेलक्षेत्रमा उनि अव्वल ,सवल,सक्षम र सफल भईसकेका छन ।

अव उनको योजना राजनितिमा पनि स्थापित हुदै युवा खेलकुदको सफल तथा स्थायी नेतृत्व गर्न चाहन्छन । हुन त उनको राजनिति यात्राले पनि करिव सांढे तीन दशक पार गरिसकेको छ,तर उनको नझुक्ने स्वभावका कारण आजका दिनसम्म पनि राज्यको नेतृत्दायी भुमिकामा कहिल्यै आउन सकेनन । मुलुकमा बहुदलिय ब्यवस्था भित्रनु अघि र पछि उनलाई पटक-पटक उनको पुरानो राजनिति पार्टीले प्रयोग गरे तर उनलाई सुहाउदो पदका निम्ति कहिल्यै पार्टीले नसम्झेको दुखेसो पोख्छन करातेका हस्ती दावा गुरुङ्ग । उनको नाम अनुशार कहिल्यैपनि लाभको पदका निम्ति आफुले दावा नगरेको बताउछन । यतिका लामो समयसम्म राजनितिमा पालो कुरिरहेका उनि यस पटक पनि आफ्ना पार्टीले नसमेटिएका कारण फरक राजनिति धार नागरिक उन्मुक्ती पार्टीबाट आगामी मंशिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सदस्य उम्मेदवारको रुपमा प्रस्तुत हुदैछ । यस पटक उनको उम्मेदवारी समग्र नेपाली खेलकुदको तर्फवाट सदन सम्म उक्लने माध्यमको रुपमा रहेको बताउनुहुन्छ ।

साथै यस पटक आफ्नो उम्मेदवारी सम्पुर्ण खेलकर्मीहरुको आग्रहका कारण आफु समानुपातिक उम्मेदवार बनेको बताउनुभयो । सबै खेलकर्मीहरुको आफुलाई पुर्ण समर्थन रहकोले यस पटक प्रतनिधि सभामा एउटा बिशुद्ध खेलकर्मीको आगमन हुने निश्चित रहेको बताउनुभयो । साथै मंशिर ४ को निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट समानुपातिकको अन्तिम बन्द सुचिमा आफ्नो नाम पहिलो नम्वरमा सुनिश्चित र ग्यारेण्टी रहेकोले सबै खेलकर्मीलाई बधाई ज्ञापनका साथै गुरुङ्गले सम्पुर्ण आमा-वुवा,दाजुभाई दिदीबहिनी,गुरु युवा,खेलाडी,निर्णायक लगायत सम्पुर्ण आम मतदाताहरुमा आफ्नो चुनाव चिन्ह ढकिया ( ढाकी ) मा मतदान गरि सहयोग गर्न समेत अपिल गर्नुभएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *