पुग्नु छ टाढा माया छ…..
पुग्नु छ टाढा माया छ गाढा गुलाब फुलेझैँ
गमक्क हुँदै फूलकै रसमा भँवरा भुलेझैँ
हुरी र बतास नहुनू हतास घर्किन्छ समय
अँध्यारो हुँदा जुनेली रात फर्किन्छ समय
ग्रहणपछि बिस्तारै सारा आकाश खुलेझैँ
गमक्क हुँदै फूलकै रसमा भँवरा भुलेझैँ
पुग्नु छ टाढा माया छ…..
हुँदैन तीतो पातीको रस ओखती मानौँला
अमिलो पिरो छन् थरिथरी गुलियै छानौँला
मंसिर महिना खेतमा बाली पहेंलै झुलेझैँ
गमक्क हुँदै फूलकै रसमा भँवरा भुलेझैँ
पुग्नु छ टाढा माया छ गाढा गुलाब फुलेझैँ
गमक्क हुँदै फूलकै रसमा भँवरा भुलेझैँ
ओमकुमारी बन्जारा
Facebook Comments Box