सनत गिरीका गीत

कला/साहित्य
खवर पाटी (खोज खबरको अभियान)
यो देश राम्रो
यो देश राम्रो
यो देश हाम्रो
यो देश सबैलाई
यही देशमा जन्म्यौं
यही देशमा हुक्र्यौ
यही देशमा बाँच्नलाई
छङ छङ वग्ने नदी र नाला
यही देशमा पाइन्छ
हामी सबै एक भई यहाँ
माया नै लाइन्छ
यही माटो हाम्रो
नेपाल राम्रो
मिलेर हाँस्नलाई ।
नेपाली हामी छौं भाग्यमानी
नेपालमा जन्मेर
नेपाललाई माथि उठाउँ अब
हामी सवै मिलेर
नविर्सौ कहिले
यो धर्ति हाम्रो
पिरती गाँस्नलाई

सनत गिरी गाउँले, च.न.पा १ दहचोक

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *