लता गिरीलाई दमयन्ता स्रष्टा सम्मान

कला/साहित्य
खवर पाटी (खोज खबरको अभियान)

नेपाल स्रष्टा समाजले विराटनगर-३ निवासी ८६ वर्षीया स्रष्टा लता गिरीलाई दमयन्ता स्रष्टा सम्मान प्रदान गरेको छ । सानै उमेरदेखि शिक्षा तथा साहित्यिक क्षेत्रमा रुचि राखेर काम गर्दै आएकी गिरीलाई नगद १५ हजारसहित सम्मान गरिएको हो ।

विराटनगरमा आयोजित कार्यक्रममा उनलाई संस्थाका अध्यक्ष ओम श्रेष्ठ (रोदन), संस्थाका कोशी अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली), साहित्यसेवी बलराम पोखरेल, विवश पोखरेल, देविका तिमिल्सिना सरला चापागाईंलगायतले माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा साहित्यकार विवश पोखरेलले गिरीका सामाजिक तथा साहित्यिक जीवनका बारेमा प्रकाश पारेका थिए । गिरीका तीन भजन संग्रह प्रकाशित छन् । साथै उनले गीत तथा कविताहरु पनि रचना गरेकी छन् ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रेष्ठले संस्थाले गरिरहेको गतिविधिको बारेमा प्रकाश पारे । उनले संस्थाले कृतिहरु प्रकाशन गर्दै साहित्यसेवीलाई सम्मान गर्ने कार्यक्रमहरु गर्दै आएको बताए । कार्यक्रममा कृष्ण भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

सम्मान कार्यक्रममा अगुवा पत्रकार विक्रम लुइटेल, बुद्धिजिवी साहित्यकार भवानी पोखरेल, दीपक पोखरेल, पुष्पा सायरा, लक्ष्मी पोखरेल लक्ष्मी रायमाझी , अङ्गुर कोइराला, सुषमा लुइटेल, सुधा पोखरेल, पवित्रा दाहाललगायतको उपस्थिति रहेको कार्यक्रम नेपाल स्रष्टा समाजका सचिव देविका तिम्सिनाले सञ्चालन गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *