काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्यसमेत अन्योलतर्फ अघि बढेको छ । यो अन्योलताकाबीच फेरि नयाँ सरकार गठनका लागि खेल सुरु भइसकेको छ ।
नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ पहिलो नम्बरको रफ्तारमा अघि बढिरहँदा सत्ता गठबन्धनमै रहेका अन्य दल भने परिणामबाट सन्तुष्ट रहन सकिरहेका छैनन् । यो असन्तुष्टिबीचमा नेकपा एमालेले समेत अवसर खोजिरहेको छ ।
उता कांग्रेसभित्र पनि नयाँ सरकार गठन’bout विभिन्न नेताहरूले आन्तरिक छलफल थालेको स्रोतले जानकारी दिएको छ । निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फका सबै परिणाम आएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।
सो अवस्थामा कांग्रेस र एमालेबीच पनि सरकार गठनमा सहमति हुन सक्ने दखिन्छ भने कांग्रेससहित हाल गठबन्धनमा रहेका दल वा एमालेसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको सरकार बन्ने अवस्था आउन सक्छ । त्यो अवस्थामा निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत निर्णायक हुने अवस्था आउन सक्छ ।
सम्भावना १ : वर्तमान गठबन्धनकै सरकार
सम्भावना २ : कांग्रेस र एमालेको संयुक्त सरकार
सम्भावना ३ : एमाले, माओवादी, एकीकृत समाजवादी तथा अन्य दल सम्मिलित सरकार
निर्णायक : राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं उपत्यकामा आएको परिणामबाट गठबन्धन आबद्ध नेपाली कांग्रेसले चित्त बुझाउने अवस्था बन्दै गर्दा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने निल भइसकेका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५ क्षेत्रमा जित निकालेको छ भने ललितपुरमा एउटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ जित हात पारेको छ ।
भक्तपुरमा १ क्षेत्रमा कांग्रेसले जित निकालेको छ । काठमाडौं २ मा माओवादी केन्द्रकी उम्मेदवार रहेकी ओनसरी घर्ती पराजित हुँदा काठमाडौं ७ मा माओवादी केन्द्रकै चिह्न लिएर उठेकी मानुषी यमी भट्टराई पराजित बन्न पुगिन् । यसैगरी, काठमाडौं ८ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठ पराजित हुँदा काठमाडौं ९ मा माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमला पराजित भएकी हुन् ।
यस्तै, ललितपुर ३ मा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेकी पम्फा भुषाल पराजित बनेकी हुन् । यसैगरी, भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका सुनिलबासु गोठे पराजित बन्न पुगेका हुन् । यी सबै परिणामपछिको अवस्थामा सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेकका दल असन्तुष्ट देखिएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त बिहीबार गृह जिल्ला रौतहटमा असन्तुष्टि खुलेरै पोखे । ‘परिणामले हामीलाई शिक्षा दिएको छ, कमीकमजोरी भएको छ भने सुधारले अघि बढ्नेछौं, सबै परिणाम आओस्,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले गृह जिल्ला रौतहटमा सञ्चारकर्मीहरूसँग भने । उनले अब बन्ने सरकार कसको बन्छ भन्ने विषयमा भने ‘अनुमान गर्न सकिन्छ,’ भन्ने अभिव्यक्ति दिए ।
देउवा–प्रचण्ड फोन नयाँ सरकार गठनका विषयमा फेरि रस्साकस्सी सुरु भएको छ । कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था नदेखिएपछि दलहरूबीच अनौपचारिक संवादमार्फत सरकार गठन’bout छलफल सुरु भएको हो । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोनमार्फत बधाई दिने क्रममा आगामी सरकार गठन’bout समेत चासो राखेका थिए ।
बिहीबार नै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई फोनमार्फत नै बधाई दिँदै मिलेरै अघि बढ्ने प्रस्ताव गरेका छन् । फोन संवादका क्रममा प्रचण्डले पनि देउवालाई डडेल्धुराबाट विजयी भएकोमा बधाई दिएका थिए । बधाईकै क्रममा संवाद सकिए पनि नयाँ सरकार गठनका लागि दलहरूबीच अब तीव्र संवाद हुने अवस्था बन्दै गएको छ । राजधानी दैनिकबाट