विश्वकप फुटबलमा आज दुई खेल हुँदै

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

विश्वकप फुटबलको प्रिक्वाटरफाइनल खेलमा पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ ।  अल थुमाम स्टेडियममा हुने पोल्यान्ड र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।

साबिक विजेता फ्रान्स आजको खेलमा जित निकाल्दै यो संस्करणको उपाधिमा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पोल्यान्ड पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।

आज नै हुने विश्वकपको दोस्रो खेलमा इङ्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।  इङ्ल्यान्ड आजको खेमला जित निकाल्दै आफूलाई उपाधि दावेदारको स्थानमा राख्ने योजनामा छ । यता सेनेगल पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *