“नेपाली आधुनिक संगीतमा १०० बर्ष” साङ्गीतिक कार्यक्रम

मनोरञ्जन समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थानीय व्यावस्थापनमा मिति २०७९पौष ८गते शुक्रबार कास्की पोखरामा प्रदर्शन हुने भएको छ। सम्पूर्ण नेपाली संगीतको ईतिहास जानकारी दिने उदेश्यका साथ गरिने उक्त कार्यक्रम एक घण्टा ३० मिनेटको रहने छ।कार्यक्रममा नेपाली संगीतका प्रथम गीत रेकर्डिङ गर्ने सेतुराम देखि बर्तमान बहु चर्चित गायक राजेश पायल राई ,राम कृष्ण ढकाल सम्मका गरि २९ वटा गीत तथा नृत्य प्रस्तुति गरिने छ।कार्यक्रममा प्रगतिशील गीतको ईतिहासलाई समेत समिटिनेसाथै नेपाली चलचित्र क्षेत्रलाई पनि सम्बोधन गर्दै चलचित्रका गीतमा २वटा नृत्य पनि प्रस्तुत गरिने कार्यक्रमका सम्योजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत बिभाग प्रमुख अशोककुमार राईले जानकारी गराउनु भयो ।

कार्यक्रममा दशक दशक प्रतिनिधित्वहुने गरि प्रस्तुत गरिने गीतहरु यश प्रकार रहने छ। १९६० बाट २०१०सम्म १.राजमतिकुमति – सेतुराम श्रेष्ठ२.सवारी मेरो रेलैमा – मेलवा दवि गुरुङ३.लाहुरेको रेलिमाई -मास्टर मित्र सेन४.कालो ठेकी नारन -उस्ताद साईला५.नेपाली अगिबड हातमा -रानुदेवि अधिकारी २०२०साल सम्म १.फगत एक नजरमा – हरि प्रसाद रिमाल२.तितरि पङ्खी – बच्चु कैलास,पुष्प नेपाली ३.हे कान्छा -नारायण गोपाल,तारा देवि४.नेपाली हामी -नाति काजी २०३० साल सम्म १.नौलखा तारा उदायो-अम्बर गरुङ२.गाई त बाध्नु-रालफा समुह३.कोहि त भने जहाज -राल्फा समुह४.बनेको छ पहराले -गोपाल योञ्जन ५.मलाई प्यारो लाग्छ – लेकाली समुह २०४० साल सम्म १.हेरन हेर कान्छा -अरुणा लामा सरन प्रधान३.हजार सपनाहरुको -भक्त राज आचार्य ४.मेरो आखामा भर दिन -दिप श्रेष्ठ ५.बिर्सी जाने निस्टुरिलाई-बाबा राणा प्रगतिशील गीतहरुबाट प्रतिनिधित्व १.आमा दिदी बहिनी हो -जेबि टुहुरे३.गाउँ गाउँ बाट उठ -श्याम तमोट २०५०साल सम्म १.चलेछ बतास सुस्तरि – शम्भु राई२.मिर्मिरेमा तिमीलाई -सुक्मित गुरुङ ३.बिदेश जाने मायालु तिमीलाई -दिपक थापा २०६० साल सम्म १.फैलियो माया दुवो सरि-राजेश पायल/कुन्ति मोक्तान २.ओरली लागेको हरिनको – रामकृष्ण ढकाल नेपाली चलचित्रहरुबाट(नृत्य प्रस्तुति ) १.वसन्त नै बस्न – माईतीघर २गैरि खेतीको -प्रेम पिण्ड साथै सिङ्गो ०६२/६३को जन आन्दोलनको भावनालाई सम्मान र सम्बोधन गर्दै पुर्बको माया पश्चिम लाई पस्चिमको ममया पुर्बलाई गीतमा नृत्य प्रस्तुत रहने छ।

गण्डकी प्रज्ञा प्रतिष्ठान नृत्य सम्योजनहुने सो कार्यक्रममा ऐतिहासिक सृजनाहरुलाई कुन्ती मोक्तान ,भिषण मुकारुङ,निसा देसार,दुर्गा परियार,सन्जय तुम्रोक,साजन राई ,रुपक चौधरी प्रस्तुति दिनुहुनेछ भने शिला बहादुर मोक्तान ,मनोहर सुनाम,भरत नेपाली,भरत बुडाथकी,गोपाल देव घतानी,धन बहादुर गुरुङ ,नरेश प्रजापति ,पोषन घर्तीले बाध्य वादनमा साथ दिनु हने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *