काठमाडौं । गायक निकेश राईको स्वर तथा शब्द संगीतमा यो वर्षको तिहारलाई लक्षित गरेर नयाँ तिहार गीत ‘देउसी र भैलो ( तिहारै आयो)’ दर्शक श्रोतामाझ ल्याएका छन् । मँगलबार काठमाडौंमा एक समारोहबीच यो गीतको विमोचन गरिएको छ । मिसेस वल्र्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राईसहित अन्य प्रतियोगीहरु, बृटिस आर्मीका मेजर योगेश कोयी राई, अनुषा राई, अनिल कोयी राईलगायतले यो गीतको बिमोचन गरेका हुन् ।
निकेशको यो गीतमा उनी सहित कुसुम गुरुङ, सविन शंकर, राजु बाकोटी, नौली याम्फु, कैलाश विक, सुशील भट्टराईलगायतको स्वर रहेको छ । गीतलाई सुशील भट्टराईले संगीत संयोजन, राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । यो गीतको भिडियोमा आयुष्मा राई, योगेश कोयी राई, अनुषा राई, अनिल कोयी राईलगायतको अभिनय रहेको छ । जसमा मुकेश हुमागाईंको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा रँग संयोजन, अनिल थुलुङको कोरियोग्राफी तथा अनिल कोयी राईको निर्देशन रहेको छ ।
बिमोचन समारोहमा मोडल आयुष्मा राईले भनिन्,‘तिहार हाम्रो दोश्रो ठुलो सांस्कृतिक पर्व हो । यो प्रकाश र फुलको पर्व भएकाले सबैको हर्ष र खुसीको लागि तथा संस्कृतिक सँरक्षणका लागि हामीले यो गीत र यसको भिडियो रिलिज गरेका हौं ।’ उनले थपिन्,‘मिसेस नेपाल वल्र्डको ग्रान्ड फिनालेका तयारीमा हुँदाहुँदै पनि संस्कृति सँरक्षणको लागि समय निकालेर यो गीतको भिडियोमा मोडलिङ गरेकी हुँ ।’