अर्थतन्त्रको शुद्धीकरण भइरहेको छः अर्थमन्त्री पौडेल

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्री भएर अर्थ मन्त्रालमा आएदेखि अर्थतन्त्रमा देखिएका चुनौती र समस्या समाधानका लागि अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताए।

उनले सबै किसिमले आर्थिक अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेको भन्दै समस्याग्रस्त अर्थतन्त्रको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताए।

मन्त्री पौडेलले अर्थतन्त्रका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन सरकारले प्रयत्न गर्ने प्रतिबद्धता जनाए। उनले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको कोरोना महामारी पार गरेको नेपाली अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताए।

उनले सबै अप्ठ्यारा पार गरेको अवस्था अर्थतन्त्रलाई माथि उठाएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा किन पुग्नुपरेको भन्दै प्रश्न उब्जिएको बताए।

मन्त्री पौडेलले अर्थमन्त्री भएर आएदेखि मन्त्रालयको कार्यसम्पादन, अभ्यास र अनुभव मुलुकको अर्थतन्त्रबारे सूक्ष्म ढंगले अध्ययन गरिरहेको अर्थतन्त्रको समस्याको सार्थक र निर्णायक प्रहार गर्दै समाधानका साथ उपाय खोजिरहेको बताए।

उनले अर्थमन्त्री भएर आएपश्चात् निजी क्षेत्रका समस्या समाधान गर्ने प्रयास गरिएको बताए। उनले अर्थतन्त्रका समस्याका कारण सूक्ष्म विवेचना र विश्लेषण गर्दै समाधान गरी नेपाली अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट गतिशील बनाएर अगाडि बढाउने संकल्पमा रहेको बताए। मन्त्री पौडेलले राजस्व संकलन चिन्ताजनक अवस्थामा रहेको भन्दै समस्या समाधानका लागि सरकारले तयारी गरिरहेको बताए।

उनले पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभावलगायत समस्या समाधान गर्ने बताए। उनले भने, ‘उत्पादनमूलक क्षेत्रको खर्च बढाउने, अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ सरकार लागिपरेको छ।’

मन्त्री पौडेलले सरकार निजी क्षेत्रको कुरा सुनेर अघि बढ्न तयार रहेको बताए। उनले निजी क्षेत्रलाई आरोप–प्रत्यारोप गर्नुभन्दा पनि सरकार निजी क्षेत्र मिलेर सबै समस्या समाधान गर्ने गरी अर्थतन्त्रलाई सही दिशामा ल्याउने बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *