काठमाडौं। राजधानीको बौद्धमा अन्तर्राष्ट्रिय स्तरको लोटस स्किन एण्ड हेयर क्लिनिक र लोट्स युनिसेक्स सैलुन सञ्चालनमा आएको छ । नायिका तथा अभिनेत्री दीपाश्री निरौलाले उद्घाटन गरेको उक्त क्लिनिकमा छाला, कपाल, नङका साथै सौन्दर्य विज्ञहरुबाट सेवा लिन सकिने जनाइएको छ । उक्त क्लिनिकमा अन्तर्राष्ट्रिय स्तरको लेजर प्रविधिबाट उपचारका साथै कपाल प्रत्यारोपण, कस्मेटिक सर्जरी, कम्प्युटर प्रविधिबाट छालाको चाउरीपनको उपचार गरिने पनि सञ्चालिका अनिता बिमलीले बताईन । उनले लामोसमय देखिको डण्डीफोर र चायाँ पोतोको पनि उपचार हुने बताइन् ।
क्लिनिकमा डा. विक्रान्त ढकाल, डा. प्रकाश आचार्य, डा. एल्सा श्रेष्ठका साथै सुशीला श्रेष्ठ, सरस्वती श्रेष्ठ र अनिता खत्रीले कपाल प्रत्यारोपण र छाला रोगका साथै सुन्दरतासम्बन्धी सेवा दिने ब्यवस्था मिलाईएको छ । लामोसमयदेखिको अनुभवलाई सेवामा परिणत गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस क्लिनिकले सुन्दरताको क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी छाला र कपालको उपचार गरिने संचालक समितिका अध्यक्ष गुणराज राजभण्डारीले बताउनु भयो । संचालकहरुमा गुणराज राजभण्डारी, होमराज ढकाल, अनिता बिमली, बिशु खाती, सरोज गौतम रहेको छन् भने उद्घाटन लगतै उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देन पहिलो सेवा लिनु भएको थियो । क्लिनिकमा हेयर केयर, हेयर कटिङ, कलरिङ, स्ट्रेटिङ, केराटिन ट्रिटमेन्ट सहित फेसियल, नेल आर्ट, मेनी केयर, पेडी केयर, ब्राइड मेकअप, हेयर स्पालगायतको सेवा उपलब्ध रहेको छ । एक महिनासम्म २५ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको लोटस युनिसेक्स सैलुन र लोटस स्किन एण्ड हेयर क्लिनिक उद्घाटन समारोहमा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, धर्मेन्द्र आचार्य, गायक कृष्ण भट्टराई लगायतका ब्यक्तिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।