पन्ध्रदिने उद्घोषण प्रशिक्षण कार्यक्रम सुरु

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौं महानगरपालिका र वटु चिकं अत टोलसुधार समितिको सयुक्त आयोजनामा संचालन हुने संचालित १५ दिने बौद्धिक ब्याक्तित्व नेत्तित्व बिकास एवं उद्घोषण प्रशिक्षण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको शनिवार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो । हिमालय माद्यामिक विध्यालय न्युरोड टोलसुधार समाजका अध्यक्ष अरुण प्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा का.म.न पा २२ का वडा अध्यक्ष चिनिकाजी महर्जन उपस्थित हुनुहुन्थ्यो । उक्त तालिम मा सहभागीहरुलाई प्रमुख प्रशिक्षक निर्मल बज्राचार्य प्रशिक्षक सरु श्रेष्ठ र कविता श्रेष्ठले १५ दिन सम्म प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा ९ वर्ष देखि ५९ वर्ष सम्मका प्रशिक्षार्थीहरु सहभागी रहने सस्थाका सदस्य मन्जु श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *