कांग्रेस सच्चिन जरूरी छ, नयाँ ढंगले अगाडि बढ्नै पर्छ : नेता कोइराला

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले उपनिर्वाचनमा देखिएको परीणाम अनुसार कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन्।मंगलबार विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस सच्चिन जरुरी रहेको बताएका हुन्। उनले भने, ‘उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिन जरूरी छ। अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तहहुँदै वडा र टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ। मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो। अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *