नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – मंगलबार नेप्से परिसूचक ४६ अंकले बढेको छ । आज नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा बन्द भएको छ ।

आज कूल ३१९ कम्पनीका एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोड ८२ लाख बराबरको कारोबार भएको थियो । आज सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्सुरेन्स र कुठेली बुखारी हाइड्रोको  शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी समृद्धि फाइनान्सको २४  करोड ७१ लाख ५९ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ४ लाख ३० हजार ८५७ कित्ता शेयर कारोबार भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *