संघीय संसद्को अधिवेशन आह्वान, सांसदलाई आइतबार अपराह्न ४ बजे उपस्थित हुन सूचना

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले २४ वैशाखका लागि संघीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । २४ वैशाख आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।​

सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि बुधबार महासचिव गौतमले जारी गरेको अत्यन्त जरुरी सूचनामा उल्लेख गरिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०५० साल वैशाख २४ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरूको उपस्थितिको लागि अनुरोध गर्दछु ।’

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *