काठमाडौं । आदिकवी भानुभक्तको २१० औं जन्मजयन्तीको अवसरमा काठमाडैंको बालाजु बाईसधारामा कविता वाचन गरिएको छ । । वाइसधारा भानु कला समुहको सहयोगमा काठमाडौं महानगर पालिका उद्यान तथा हरियाली प्रबर्धन आयोजना अन्तर्गत वालाजु वाइसधारा उद्यानमा आयोजना गरेको २१० औं भानुजयन्ति तथा कविता वाचन कार्यक्रममा स्थानीय कवि कलाकार साहित्यकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यालय प्रमुख दामोदर लामाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्यमन्त्री रामवीर मानन्धर थिए भने विशेष अतिथीहरुमा काठमाडौं क्षेत्र ७ का सभासद गणेश पराजुली का।म।न।पा।का १६ का वडअध्यक्ष मुकुन्द रिजाल, वरिष्ठ साहित्यकार श्री श्रीहरि फुँयाल विशिष्ठ कलाकार उत्तम केसी रहनु भएको थियो । कार्यक्रम उपस्थिती सबैले भानुभक्तको सालिकमा अविर फुलमाला अर्पण गरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।
यसैगरी कार्यक्रममा कवि साहित्यकारहरुलेकविता वाचन गरेका थिय । कविता वाचन गर्नेहरुमा श्री श्रीहरि फ्याल, वैरागी जेठा र रसुबाली कबी ठाकुर तिमिल्सेना, भोजराज न्यौपाने ,दिल कुमारी डंगोल, यज्ञराज घिमिरे, वासुदेव गुरागाई प्रकाश घायल, दामोदर लामा, माधव विडारी, ९चेतनाथ० घनश्याम, पुडासैनी, ओम नमो शिवाय रामशरण कोइराला ले कविता वाचन गर्नभएको थियो । साहित्यकार श्री श्रीहरि फुँयाल ले बाइसधारा भित्र कवि भानुभक्त स्थापनाको बिषय र भानुको साहित्यकला को चर्चा गर्दै भानु प्रति श्रद्धा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित रहनुभएकोमा राजुध्वज थापा, श्रीराम पुडासेनी, धु्रवराज खड्का, सुरेन्द्रथापा,दिप्त अधिकारी, सुवास गौतम, विकास दास, सुरेन्द्र महर्जन लगाएत १५० जनाको उपस्थित रहेको थियो । स्वागत भाषण गर्दै दामोदर लामाले सदा झै यसबर्ष साहित्यकार कलाकारहरुको बिचमा विशेषरुपमा कार्यक्रम गर्न पाउँदा खुशि लागिएको र अझ व्यवस्थीत तरिकाले मनाउन आगामी बर्षको लागि पनि १६ नं. वडा अध्यक्ष मार्फत आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दै उपस्थित सबैलाई स्वागत तथा हार्दिक धन्यवाद विज्ञापन गर्नुभएको थियो । यसै गरि १६ नं। वडाका अक्ष्यक्ष मुकुन्द रिजालले भानु जयन्तिको विशेष चर्चा गर्दै आगामी बर्षको लागि बजेटको व्यवस्था गरिदिने आस्वासन दिनुभएको हो । ७ नं क्षेत्र काठमाडौका माननिय सभासद गणेश पराजुली पनि भानुको विषय विशेष उल्लेखनिय कुरा गर्दै भानुप्रति श्रद्धा व्यक्त गर्नुभयो । त्यस्तै गरि प्रमुख अतिथी रामविर मानन्धरले सदाझै यस बर्ष पनि बाईसधारा भानुजयन्ति मनाउन पाउँदा खुशि लागेको र अझै राम्रो व्यवस्थीत रुपमा कार्यक्रम गर्न सुझाव दिनुका साथै बालाजु पार्कको संरक्षणमा ध्यान दिन नगरपालिकालाई अनुराध गर्नुभयो । अन्तमा बाइसधारा भानुकला समुहका तर्फबाट कलाकार उत्तम केसीले सबैलाई धन्यवाद दिई कार्यक्रमलाई अन्त्य गर्नुभयो ।
उक्त कार्यक्रमको सहजिकरण यज्ञराज घिमिरे ९गोपाल० ले गर्नुभएको थियो ।