मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताएका छन् ।
“रसियासँग विभिन्न प्रकारका क्लस्टर हतियारको पर्याप्त भण्डार छ,” राष्ट्रपति पुटिनले एक सरकारी टेलिभिजनका पत्रकारलाई भने, “यदि क्लस्टर बम हाम्राविरुद्ध प्रयोग भएमा त्यसको बदलामा हामी पनि जवाफ दिन सक्छौँ, त्यो हाम्रो अधिकार हो, देशलाई त्यस्ता हतियार आवश्यक परे पनि अहिलेसम्म हामीले त्यसको प्रयोग गरेका छैनौँ । ”
यसैबीच, मानवतावादी संस्थाहरूले क्लस्टर हतियारको प्रयोगका निन्दा गरेका छन् । उनीरूले युक्रेनलाई त्यस्ता हतियार उपलव्ध गराउने अमेरिकी निर्णयको पनि भत्र्सना गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई त्यस्ता हतियार उपलव्ध गराउने कठिन निर्णय आफूबाट भएको बताएका छन् । युक्रेनको रित्तिएको गोलाबारुद भण्डारलाई भरथेगका निम्ति अप्रिय निर्णय गर्नुपरेको उनले सार्वजनिक रुपमा बताउँदै आएका छन् ।