नेपाली खेलक्षेत्र, प्रचुर सम्भावना छ तर पर्याप्त लगानी छैन

विचार
खवर पाटी (खोज खबरको अभियान)

नेपालमा कराते खेल शुरु भएको करिव ५ दशक हुन लाग्यो । झण्डै ५ दशकको लामो ईतिहाशमा यो खेल आम मानिसमा दिनानुदिन लोकप्रिय बन्दै जानु यो आफैमा अव्वल र श्रेष्ठता हुदै गएको भन्दा सम्भवत फरक नपर्ला । कराते खेल मार्सलआर्ट विधाभित्र पर्ने खेल मध्ये चर्चित र लोकप्रिय खेल हो । बि.स.२०३५ /३६ सालतिर नेपाल मा शुरु भएको यो खेल शुभारम्भ समयमा आत्मरक्षाका लागि  खेलिन र खेलाउन थालियो । शुभारम्भकालमा आत्मरक्षाबाट सुरु भएको यो कलाले बिस्तारै खेलको रूपमा आफुलाई प्रस्तुत र परिमार्जित गर्दै गयो र अन्तत:यो राष्ट्रको सान,मान,ईज्जत र प्रतिष्ठा संग जोडिदै राष्ट्रिय खेलको रुपमा स्थापित हुन पुग्यो । जापानमा सम्पन्न भएको गत ओलम्पिकवाट कराते खेललाई पनि समावेश गरिएपछि यो खेलको अझ बढी चर्चा र महत्व चुलिदै गयो । दक्षिण एशियाली,एशियन गेम्स र ओलम्पिकमा सहभागीका कारण यसलाई राष्ट्रको मान,प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको खेल पनि भनिन्छ । बिगत देखि हेर्ने हो भने,करातेले अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको झण्डा फहर्याउदै राष्ट्रको नाम राख्न महत्वपूर्ण भूमिका समेत निर्वाह गरिरहेको छ । यो एउटा खेल मात्र होईन यसले आम मानिसलाई अनुशासित,राष्ट्रप्रति वफादार,सामाजिक उतरदायी वहन,कुशल,दक्ष,योग्य र सफल ब्यक्तीत्व बन्न यो खेलले मद्धत र प्रोत्साहित गर्छ भने कुलत,बिसंगती,कुकार्य गर्नलाई यो खेलले बन्चित गराउछ । शारीरिक तथा मानसिक बिकाशका दुवै हिसावले यो खेल महत्वपूर्ण मानिन्छ ।

स्वस्थ,अनुशासन,आत्मरक्षा, आत्मविश्वास,शान्ति र सामाजिक अभियान,अध्यात्म ज्ञान र राष्ट्र निर्माणका लागि यो खेल उत्तम र सही मार्ग मान्न सकिन्छ । बिशेष गरेर कराते खेल्दा रक्तसञ्चार र श्वासप्रश्वासको संयोजन हुने हुदा बौद्धिक विकासमा यसको सकरात्मक प्रत्यक्ष प्रभाव रहन्छ जसले गर्दा शरिरलाई सदा ताजा र स्फुर्त वनाउछ । बालबालिकाको शारीरिक विकास बृद्धी,युवाहरुमा जागरण र राष्ट्रप्रेम जागृत गराउनका साथै,४० कटेकाहरुले दैनिक रुपमा ३०-३५ मिनेटको तेन्सो अभ्यास गर्नसके स्वास्थ्यको हिसावले पनि यो खेललाई उत्तम मान्न सकिन्छ । शारिरीक लचकता,स्मरणशक्ति बृद्धी,सामाजिक रूपमा अव्वल नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत यो खेलले बिशेष मद्धत पुर्याउछ । कराते खेल आजका दिनसम्म आईपुग्दा धेरै आरोह अवरोहहरु पार गरिसकेको छ । नेपालमा स्थापना कालमा निकै कठिन अवस्था र संकट झेल्नु परेपनि आज यो खेलको उचाई निकै नै बढेको छ । संस्थापक प्रमुख प्रशिक्षक गुरु थानेश्वर राई वाट नेतृत्वदायी भुमिका हुदै,राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव गुरु युवराज लामाको नेतृत्व आजका दिनसम्म आईपुग्दा कराते ले एउटा बिशेष फडको मारिसकेको छ ।

नेपाल कराते महासंघमा युवराज लामाको नेतृत्व आएको मात्र १ बर्ष भयो,तर यो कालखण्डमा करिव लामो समय देखि हुन नसकेका करातेको बिकाश बिस्तार द्रुत गतिमा भएको र १५ बर्षदेखि हुन नसकेका कार्य छोटो समयमै सम्पन्न भएको जानकारहरु वताउछन । लामाले करातेको नेतृत्व सम्हालेपछि लामो समय देखि विवादित रहेको राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता प्राप्त भन्ने शव्दको अन्त्य भयो जसको फलस्वरुप कराते एउटै धारमा अघि बढ्यो । यसैगरि डव्ल्यु.के.एफ.र ए.के.एफ बाट मान्यता प्राप्त लिदै नेपालमा पहिलो पटक एकेएफ रेफ्री सेमिनार गरिनु लामाको खारिएको नेतृत्व प्रस्तुत र राज्यका निम्ति यो आफैमा दर्विलो ऐतिहाशिक उदाहरणिय कार्य हुन । मित्र राष्ट्र चीनको हाङझाउमा भरखरै सम्पन्न भएको १९ ओै एशियन गेम्समा करिव २५ बर्ष पछि कराते खेलवाट एरिका गुरुङ्गले ऐतिहाशिक रजत पदक प्राप्तिले लामाको नेतृ्त्वलाई सुनमाथि सुगन्ध थपिदियो भने जसले अन्तराष्ट्रिय जगतमा कराते खेलको माध्यमवाट राष्ट्रको शिर उच्च वनाईदियो । लामाको नेतृत्वमा गत मंशिर महिनामा काठमाण्डौमा सम्पन्न भएको सातौ दक्षिण एशियाली कराते प्रतियोगिताले नेपालको नाम फेरि एक पटक दक्षिण एशियाली मुलुकमा ३० स्वर्ण पदक सहित १ नं वन्न पुग्यो । हुन त नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा आफैमा एउटा अव्वल,सवल,सक्षम,योग्य र नेतृत्व क्षमतावानका रुपमा लिन सकिन्छ ।

बि.स.२०६८ सालमा राष्ट्रिय खेलकुद परिषदको नेतृत्व सम्हाले पछि नेपाली खेलकुद क्षेत्रमा उनले बिकाशका काया पलट नै गरिदिए । अझपनि उनलाई नेपाली खेल क्षेत्रमा शरद चन्द्र शाह पछि सफल सदस्य सचिव भनेर खेलकर्मी भन्ने गरेको पाईन्छ । विगतका सफल सदस्य सचिव नेपाल कराते महासंघको अध्यक्ष हुनुको नाताले पनि आगामी दिनमा कराते एउटा बिशेष उचाई र बिन्दुमा पुग्ने करातेकर्मीहरु वताउछन । हुन त नेपाली खेलकुद क्षेत्रमा राज्यले आजका दिनसम्म पर्याप्त बजेट विनियोजन गर्न सकेको अवस्था छैन ।यदी राज्यले आउदो दिनमा खेल क्षेत्रमा पर्याप्त वजेट निर्धारण गर्न सके र सम्भावना बोकेका खेलहरुलाई बिशेष प्राथमिकता सहित निरन्तर स्वदेश तथा बैदेशिक प्रशिक्षणमा राख्न सके हाम्रा खेलाडीहरु ओलम्पिक गेम्समा पनि पदक भित्र्याउन सफल हुने कुरा दुईमत रहनेछैन । यसमा सम्वन्धित निकायको जोडदार पहली कदम भईरहनु आवश्यक छ । नेपाली खेल क्षेत्रको कराते आफैमा एउटा गर्विलो नाम र उदाहरण हुन ।

आजका दिनसम्म आईपुग्दा र छोटो समयमा युवराज लामाको नेतृत्व कराते खेलको उपलब्धी र नतिजाले नेपाली खेल क्षेत्र चलायमान भईरहनु पर्ने समेत सन्देश दिईरहेको छ । भनिन्छ “जहाँ अवशर,त्यहा चुनौतीका थुप्राहरु” भने जस्तै अध्यक्ष लामा संग अवशर र चुनौतीका थुप्राहरु पनि धेरै छन, त्यसैले अवशरहरुलाई सदुपयोग गर्दै चुनौतीहरुलाई आत्मसात गरि अघि बढे लामा र कराते सफल बन्ने कुरा दुईमत रहदैन । त्यसैले आगामी दिनमा कराते वनाउनका निम्ति,यो देश सगरमाथा,गौतम बुद्ध, पशुपतिनाथ, सीता र भृकुटीको देश भने जस्तै करातेको देश, खेलकुदको देश भनेर संसारभर हाम्रो नेपाल देश भनेर चिनाउन प्रत्येक खेलकर्मी लागि परे त्यो धेरै टाढाको बस्तु छैन । त्यसैले सबैले आ-आफ्नो ठाउँवाट करातेको लागि,खेलकुदको लागि,राष्ट्रको लागि आजैवाट मन,वचन र कर्मले लागि परौ राष्ट्र निर्माणमा सहभागी वनौ । जय देश,जय कराते,जय खेलकुद,जय देश,जय हामी !

( लेखक,नेपाल सितोरियो कराते संघका प्रवक्ता,शाखा डोजो नक्सालका अध्यक्ष / प्रमुख प्रशिक्षक तथा वरिष्ठ करातेकर्मी एवम अन्तराष्ट्रिय रेफ्री हुन )

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *