राजा हटेपछि जनताले दुःख पाइरहेका छन्

राजनीति विचार
खवर पाटी (खोज खबरको अभियान)

सविनकुमार खड्का
नेपालमा जबदेखि राजतन्त्र हट्यो, त्यही बेलादेखी जनताले दुःख पाइरहेका छन् । २०६२÷६३ पछि जुनसुकै सरकार बने पनि जनताको दुःख हेरिरहेका छैनन् । यो अवस्थामा आम जनताले अब त राजतन्त्र आए पनि हुन्थ्यो भनिरहेका छन् । जो सुकै को नेतृत्वमा सरकार बने पनि देशमा व्यापक भ्रष्टाचार, अनियमितता मौलाउँदै गएको छ । प्रजातन्त्रको नाममा, गणतन्त्रको नाममा ब्रहलुट भइरहेको देखिन्छ । यस्तो अवस्थामा आम जनताले राजालाई सम्झनुलाई स्वभाविक मान्नु पर्छ । देशमा एकपछि अर्काे गरी संकट उत्पन्न भइरहेको छ । कहिले भुकम्प कहिले कोरोनाले आम जनतालाई पिरलीरहेको छ ।

‘त्यसो त भुकम्प पीडितलाई राहात दिने नाममा भ्रष्टाचार भए । कोरोनाको नाममा भ्रष्टाचार भए । सरकारी निकायमा बस्नेले ब्रम्हलुट गरे । यसरी हेर्दा यति बेला आम जनताले राजाको स्मरण गर्नु स्वभाविक नै हो । के राजाको पालामा यसरी भ्रष्टाचार हुन्थे । यसो त दिन दिनै महँगी बढिरहेको छ, सरकार मुक्दर्शक भएर बसिरहेको छ । तत्कालीन राजाले आफ्नो शासनमा जनताको अभिमत बुझ्न बेला बेलामा जनताको घरदैलोमा गएकै हो । जनताको माग अनुसार कदम चालिएकै हो । के अहिलेका शासकहरुले यस्तो गर्न सक्छन् ? नेपालमा विदेशी इसारामा जनतालाई झुक्काएर गणतन्त्र ल्याइएको हो भन्ने कुरा छिपाएर छिप्दैन । खास रुपमा गणतन्त्र काँग्रेसको लागि अहिले गलपासो भएको छ । यसरी हेर्दा काँग्रेस र राजा मिलेर अघि बढ्ने हो भने यो दुवैका लागि भविष्यको लागिपनि राम्रो होला जस्तो मलाई लाग्छ ।
यसरी हेर्दा राजसंस्था र हिन्दु धर्म सँगसँगै स्थापित हुन सक्छ । यस विषयमा हामी सबै गम्भीर हुने बेला आएको छ । त्यसो त राप्रपा हिन्दु धर्म र राजसंस्था मान्ने पार्टी हो । यो एजेण्डामा राप्रपाले तलमाथि गर्नु हुँदैन । हिन्दु धर्म र राजसंस्था छोड्यो भने राप्रपाको भविष्य छैन । यति बेला स्वस्फुत रुपमा आम जनताले राजसंस्था र हिन्दु धर्मको माग गरिरहेका छन् । यो अवस्थामा हिन्दु धर्म र राजसंस्था मान्नेहरुलाई राप्रपाको झण्डामुनी गोलवन्द गर्नु चुक्नु हुन्न ।
यति बेला देशमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको महौल छ, राजनीतिक दलहरु निर्वाचनको तयारी गरिरहेका छन् । यस क्रममा एक हिन्दुवादी र राजतन्त्रवादी भएकाले मलाई पनि स्वभाविक रुपमा निर्वाचनले छोएको छ । यदि पार्टीका नेता कार्यकर्ता शुभचिन्तक र जनताको माग भयो भने प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नं. ३ बाट उठ्न तयार छु । हुन त राप्रपा प्रवेशको शिलशिला चलिरहेको छ । यस पटकको निर्वाचनमा हिन्दुवादी र राजतन्त्रवादीको मतले राप्रपाले जित्ने छ भन्ने मलाई लाग्छ ।
(लेखक खड्का, राप्रपा ललितपुर क्षेत्र नं. ३ को क्षेत्रीय अध्यक्ष हुनुहुन्छ ।)

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *