विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीश सिफारिस

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – संवैधानिक परिषद्ले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गरेको छ। बिहीबार सिंहदरबारमा बसेको परिषदको बैठकले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनाकारी दिए।

संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा श्रेष्ठ २०८१ साल असोज १९ गतेसम्म प्रधानन्यायाधीश हुनेछन्।

उनी कानुन सेवाबाट सन् १९८४ बाट सरकारी सेवामा प्रवेश गरेका थिए। जिल्ला न्यायाधीश, पुनरोवदन अदालतको न्यायाधीश हुँदै उनी सन् २०१६ मा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए।

साउन २० गतेबाट हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका कारण अवकास पाउँदैछन्। अवकासको एक महिनाअघि नै अर्को प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि दुई दिन मात्रै बाँकी रहँदा सिफारिस गरिएको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *