सीआईबीको निष्कर्ष : ‘ब्रेक शु’बाट थप ३०२ किलो सुन तस्करी

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले चिनियाँ समूहले ‘ब्रेक शु’बाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाउनुअघि गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।

‘ब्रेक प्याडहरलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ’ सीआईबी प्रमुख किरण बज्राचार्यले भनिन् । त्यस्तै सीआईबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सुन प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष अमला रोकालाई पनि प्रतिवादी बनाउन लागेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *